FAQs Complain Problems

वाड न : २

वडाको परिचयः-

  • एतिहासीक पृष्ठभुमी

पुर्व पश्चिम राजमार्ग देखी ८ कि.मी. उत्तर र समुन्द्री सतहदेखी २७६ मिटरको उचाईमा अवस्थित यस लेटाङ नगरपालिका वडा नं. २ जिल्लाको उत्तरी भाग र नगरपालिकाको केन्द्र देखी पश्चिमी भागमा अवस्थित छ। राजनितिक रुपले १ महानगरपालिका ८ नगरपालिका र ८ गाउँपालिका सहित जम्मा १७ वटा स्थानियतहमा विभाजित मोरङ जिल्लाको चुरे पहाडको फेदीमा फैलिएको छ। पुर्व तर्फ लेटाङ नगरपालिकाको वडा नं. ३ को केही भाग र चिसाङ खोला पश्चीम तर्फ केरावारी गाउँपालिकाको वडा नं. ९ उत्तर तर्फ लेटाङ नगरपालिका वडा नं. १ र दक्षीण तर्फ चारकोशे जंगल सहीत वेलवारी नगरपालिका वडा नं. १ यस वडाको सिमाना रहेका छन। साविकको लेटाङ गा.वि.स. वडा नं. ७ र ८ लाई नेपाल सरकारको मिति २०७१-०८-१६ गतेको निर्णयले क्रमश लेटाङ भोगटेनी नगरपालिका ५ र ६ कायम गरी पुन नेपाल सरकारको मिति २०७३-११-२७ को निर्णयले उल्लेखीत दुवै वडा हरुलाई लेटाङ नगरपालिका वडा नं. २ कायम भएको समुन्द्र सतहदेखी २७६ मिटरको उचाईमा रहेको यस वडाको क्षेत्रफल   १७.६६ वर्ग कि.मी रहेको छ।

उत्तरी आक्षाश २६ ४३ ५५ देखी २६ ४३ सम्म र पुर्वी देशान्तर ८६ २९ देखी ८७ २७ २५ सम्म फैलिएको यस वडाको कार्यालय बुधवारे वजारमा अवस्थित छ।

फडानी नामाकरणः-

  • यस वडा वि.सं. १९८०-१९८१ सम्म घना जंगल रुपमा रहेको थियो। धनकुटाको मुडेवासबाट ठाडा मगरहरु मधेश झर्ने क्रममा यस स्थानमा आई फडानी गर्दै मानिसहरु बसोवास गर्न थालेका कारण ठाडा मगरहरुबाट फडानी भएकाले यस ठाउलाई ठाडा फडानी भनने नामले समेत चिनिन्छ।
  • हालको लेटाङ बजार यस वडाको किरात चोकमा रहेको र बि.सं. २०२१ सालमा चिसाङ खोलाले धार परिवर्तन गरी फडानी तर्फ खोला प्रवेश गरे पश्चात बजार अशुरक्षीत महसुस गरी हालको लेटाङ बजारमा उक्त बजार यस वडाबाट सरी गएको भन्ने कुरा अग्रजहरुबाट बुझिन्छ। 

विकासका संभावनाहरुः-

  • भुगोलका हिसावले विकासको प्रचुर संभावना भएको यस वडाको उत्तर पश्चिममा निर्माण भएको  मदन भण्डारी लोक मार्गले र बेलवारी बुधवारे लोखरा सडकले विकासको संभावनालाई फराकिलो बनाएको छ भने यस क्षेत्रमा उत्पादन भएका कृषी उपजहरु बजार सम्म लगी बिक्री गर्न र दैनिक उपभोग्य बस्तुहरु खरिदगरी घर सम्म ल्याउन यी सडकहरु कोशे ढुङ्गा सावित भएका छन। यस क्षेत्रका विद्धार्थीहरुलाई उच्च शिक्षा हासिलगर्न ईटहरी, बिराटचोक, बेलबारी सम्म जानलाई उत्तिकै सहजता भएको देखिन्छ। वडामा रहेका बुधवारे धोवी सडक, श्रीपालि चोक, स्कुल चोक हुदै साकोस मार्ग, स्कुल चोक, नविन चोक, गोदावारी मार्ग, स्कुल चोक सामुदायिक भवन र हाटखोला क्षेत्रका सडकहरु कालो पत्रे भएका कारण वडा वासीहरुलाई आवागमनमा सहजता मिलेको छ।

उर्जा तर्फ:-

  • सिगो उत्तरी मोरङलाई लक्षीत गरी ६.८ M V A ३३०००/११००० भोल्ट क्षमता रहेको २० देखी ३० कि.मी. क्षेत्र सम्म लोड हेरी सेवा प्रवाह गर्न सकिने रिमोट सिस्टमबाट संचालन गर्ने नेपालकै पहिलो सव-स्टेसन केन्द्र यसै वडामा निर्माणाधिन रहेको छ।

शान्ती सुरक्षाः-

  • यस वडा लगायत आसपास क्षेत्रको शान्ती सुरक्षा अमन चयन कायम राख्न प्रहरी सहायक निरिक्षकको कमाण्डमा १५ जना प्रहरी कर्मचारीको दर्वन्दी सहित ०-४-१६ क्षेत्रफल भएको जमिनमा सुविधा सम्पन्न कार्यालय कम्पाउण्ड सहितको प्रहरी चौकी बुधवारे यसै वडामा रहेको छ।

वित्तिय तर्फः-

  • यस वडाका वडा वासीहरुलाई आर्थिक कारोवार गर्न सहजता होस र राज्यबाट पाउने सामाजिक सुरक्षा भत्ता लक्षीत समुहले भुक्तानी लिन सहज होस भन्ने उदेश्यले नविल बैङ्क सँग आवश्यक समन्वय र सहकार्य गरी स्थापना गरिएको  नविल बैङ्क बुधवारे यसै वडाको बुधवारे बजारमा अवस्थित छ।
  • नेपाल सरकारको तिन खम्बे अर्थ निति अनुरुप स्थापना भएको ६,८०० सेयर सदस्य र बाल सदस्य २००० गरी कुल जम्मा ८,८०० सेयर सदस्य र ८७ करोडको वासलात रहेको एकिकृत जनभावना बचत तथा ऋण सहकारी संस्था यस वडामा रहेको छ।

कृषी तथा पशुपालनः-

  • यस वडा कृषी तथा पशुपालनको प्रचुर सम्भावना भएको क्षेत्र हो।वडामा विभिन्न जातका फलफुल तथा मौसमी, बेमौसमी तरकारी खेतिका अलावा धान, मकै, गहुँ जस्ता अन्नबालीहरु उत्पादन हुने वडा हो।यस वडामा वयवसायीक रुपमा खसी बाख्रा, लोकल जातका हाँस कुखुरा, सुगुर र बोईलर जातका कुखुरा फर्महरु समेत रहेका छन भने व्यवसायीक रुपमै गाई भैसी पालन गर्ने गरेका छन। गाई भैसीबाट उत्पादन भएको दुध खरिद बिक्रीकालागी ३ ओटा दुग्द संकलन केन्द्र यसै वडामा रहेका छन किसानबाट उत्पादन भएको दुध बिहानको बिहानै र बेलुकाको बेलुकानै दुग्द संकलन केन्द्रले खरिद गरी लिने गरेको छ।साथै यो वडा सिवी पकेट क्षेत्रको रुपमा परीचित रहेको छ।

शिक्षा तर्फः-

  • यस वडाका नागरिकहरुलाई सस्तो सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्न २०२७ सालमा स्थापना भएको श्री लक्ष्मी माध्यमिक विद्यालय र  २०५१ सालमा स्थापना भएको श्री हिमचुली आधारभुत विद्यालय रहेका छन भने साना साना बालबालीकाहरुलाई विद्यालय जाने वानीको अभ्यास साथै प्रारम्भीक शिक्षा प्रदान गर्न सिदार्थ वाल विकास केन्द्र तुर्के, जनचाहना वाल विकास केन्द्र बुधवारे, प्रभात नमुना वाल विकास केन्द्र फडानी र ज्ञान ज्योति वाल विकास केन्द्र किरात चोकमा रहेका छन भने निजि श्रोतबाट संचालन भएको मोरङ पाथिभरा ईग्लिस स्कुल समेत रहेको छ।

खानेपानी तर्फः-

  • २०७० साल भन्दा अगाडी यस वडाका वडा वासीहरुलाई खानेपानीको ठुलो समस्या रहेको थियो। घरघरमा खाडी खनी साप्ताहीक रुपमा पालोको पानी कुलो बाट ल्याई खाडीमा जम्मा गरी हप्ताभरी त्यही पानी पिउनु पर्ने वाध्यात्मक अवस्था थियो।२०७० साल यता सानासहरी खानेपानी आयोजना लागु भई केही हदसम्म सहजता भएको छ। यस वडाको खानेपानीलाई क्षमता बृद्दी नगर्ने हो भने केही बर्षमै पिउने पानीको हाहाकार हुने अवस्था देखिन्छ।

स्वास्थ्य तर्फः-

  • यस वडाका नागरिकहरुलाई आधारभुत स्वास्थ्य उपचार उपलब्ध गराउनका लागी संघीय सरकारको ससर्त अनुदानबाट प्राप्त रकमले आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण गरी सोही भवनबाट २ जना दक्ष स्वास्थ्य कर्मीबाट वडा वासीहरुलाई स्वास्थ्य सेवा प्रदान हुदै आएको छ भने निजि स्तरका ४ ओटा क्लिनिकहरु समेत बुधवारे बजारमा अवस्थित छन।

सिचाई तर्फः-

  • यस वडा कृषीको प्रचुर सम्भावना भएको क्षेत्र मानिन्छ। कृषी व्यवसायलाई सहजता प्रदान गर्न के.भो.ले.न. कृषी सिचाई जल उपभोक्ता समिति सकृय छ। चिसाङ खोलाको पानी कुलोको माध्यमबाट यस वडा तथा केरावारी गाउँपालिका वडा नं. ९ र बेलबारी नगरपालिका वडा नं. १ समेतका जमिनहरु यही नहरको पानीबाट सिंचित हुने गरेका छन।यसका साथै वडामा रहेका तुर्के खोला, धोवी खोलाको पानीबाट केही जमिनहरु सिंचित हुने गरेको पाईन्छ।

पर्यटन तर्फः-

  • यस वडाको तुर्के रानीवन क्षेत्रमा २ ओटा पानी पोखरीहरु रहेका छन। मदन भण्डारी राजमार्गको नजिकै रहेको सो क्षेत्रमा बार्है महिना जरुवा पानी उम्रने र वरिपरी हरियाली हुनुका साथै आन्तरिक पर्यटकहरुलाई सहजताका लागी केही संरचना समेत निर्माण भई रहेका छन। भने नगर प्रवेश पार्कको रुपमा पैतिसविघे भन्ने स्थानमा करिव ३ विगाह जमिनमा घेरावारा गरी विभिन्न जातका बोट विरुवाहरु रोपी आगन्तुकहरुलाई बस्न फलैचा, सौचालय समेत निर्माण गरिएको छ।
  • यस वडामा सवै भन्दा बढी प्रयोग हुने भाषा नेपाली र दोस्रो भाषामा मगर र राई भाषा रहेको देखिन्छ।त्यसै गरी लिम्बु भाषा पनि उल्लेखनिय रुपमानै प्रयोग हुने देखिएको छ। यस वडामा विभिन्न धर्ममा आस्था राख्नेहरुको जनसंख्या रहेको छ।सवै भन्दा बढी हिन्दु धर्मालम्वी रहेका छन भने ईसाई तथा बैद्द धर्म मान्नेहरुको प्रतिसत पनि उल्लेखनिय संख्यामा रहेको छ। यस वडाका वडावासीहरुले मनाउने मुख्य चाड पर्वहरुमा दशै, तिहार, छैट, क्रिसमस, लोसार, उधैली र चासोक तङनाम हुन।

जनसांख्यिकीय विवरण

जम्मा जनसंख्या: ५५४२   जम्मा घर संख्या : १२९३   पूरुष संख्या: २८२०              महिला संख्या : २७२२  (स्रोत: नगर पार्श्वचित्र २०८०)

 

     

 कर्मचारीहरुको विवरण:

                                                                                                                                                 

                  नाम: सुदिप पौडेल                                                 नाम: संजय राई                                       नाम: मंगोल राना मगर                                           नाम: चन्द्र कला लिम्बू

                     पद:  वडा सचिव                                                    पद: MIS अपरेटर                           पद: असिस्टेन्ट सब इन्जिनियर                                       पद: कार्यालय सहयोगी

                                                सम्पर्क: ९८६२४३४७६७                                              सम्पर्क: ९८४२०४०७५०                         सम्पर्क: ९८१६३१७९२०                                               सम्पर्क: 

 

जनप्रतिािधिहरुको विवरण

                                                                                                                                                

  नाम: तेज प्रसाद तिम्सिना                                     नाम: निलम ज्यु ठकुरी                                                   नाम : रंजित राना मगर 

  पद : वडाध्यक्ष                                                   पद: वडा सदस्य                                                               पद: वडा सदस्य

                                                                    सम्पर्क: ९८५२०७५३०२                                         सम्पर्क: ९८११३८३०९७                                                     सम्पर्क: ९८२७३५९४४०

 

 

 

 

 

Undefined
Population: 
५५४२(नगर पार्शवचित्र २०८० अनुसार)
Ward Contact Number: 
९८५२०७५३०२
Weight: 
0