FAQs Complain Problems

वाड न : ५

५ नं. वडाको संक्षीप्त परिचय
लेटाङ नगरपालिकाको लेटाङ बजार देखि करिव ८०० मि. पूर्व तर्फ अवस्थीत लेटाङ नगरपालिकाको खेरुवा गाउँ नामले प्रसिद्ध पाएको ठाउँ लेटाङ नगरपालिकाको वडा नं. ५ पर्दछ । यसको पूर्व तर्फ मोरङ्गे खोला वडा नं. ८,  पश्चिम तर्फ (आर्मि क्याम) ४ नं. वडाको समिाना, उत्तर तर्फ ६ नं. वडाको सिमाना, दक्षिण तर्फ चारकोसे झाडी त्रिवेणी सामुदायीक वन, यस बिचको अत्यन्त सुन्दर गाउँ पर्यटकिय क्षेत्रको समेत सम्भावना बोकेको ५ नं. वडामा विभिन्न जातजाती धर्म सम्प्रदायका मानिस बसोबास गर्दछन्, जस मध्ये बाहुन, क्षेत्री, मगर, राई, तामाङ्ग, लिम्बु, सेर्पा, मुस्लीम एवं दलित जातजाती परापूर्वकाल देखि नै एक आपसमा मेलमिलाप गरि बसोबास गरिरहेको पाईन्छ । यस वडाका बासिन्दा विषेश गरी कृषी क्षेत्रमा निर्भर भएको पाईन्छ । यहाँ अन्न बालीमा धान, मकै, कोदो, फापर लगाईन्छ भने तरकारी खेतीमा विषेश गरी टमाटर, आलु, रायो साग आदिको खेती गरेको पाईन्छ । यहाँ पर्यटकीय क्षेत्रको रुपमा विमीरे ईनार, जोरकुप तथा सुरेटारलाई पर्यटकिय विकासमा प्रवर्धन गर्नको लागि स्थानिय तथा प्रदेश सरकारको ध्यान आकर्षण हुन थालेको बुझीन्छ । यस वडा क्षेत्र भित्रका शैक्षिक संस्थाहरुमा लेटाङ क्याम्पस, शिक्षा विकास मा.वि., सुर्य प्रा. वि. र करम्बोटे प्रा.वि. हुन । अन्य संघसंस्थाहरुमा भाग्योदय गाउँले सहकारी संस्था, समावेशी कृषी सहकारी संस्था, खेरुवा कृषी सहकारी संस्था, त्रिवेणी सामुदायीक वन, बसन्त सामुदायीक वन, छन् । धार्मिक स्थलहरुमा राधा कृष्ण मन्दिर किराँतेश्वर मन्दिर, सिद्धेश्वर मन्दिर र गणेश मन्दिर हुन भने देवी थानहरुमा विमिरे कुप तथा जोरकुप देवीथान क्षेत्र हुन् । चर्चहरु मध्ये ग्लोरियर्स चर्च, पवित्र, इम्मानुएल आदि पर्दछन् । यस वडामा नगरस्तरिय हस्पीटल निर्माणधीन अवस्थामा छ भने अन्तरसांस्कृतीक संग्रहालय तथा वडाको पश्चिम सिमा४ र ५ नं. वडाको सिमानामा पर्ने राष्ट्रिय टुक्रे वनलाई पर्य पर्यटन सामुदायिक वनको रुपमा विकास गर्ने कार्यमा स्थानीय सरकार उद्त देखिन्छ । यस क्षेत्रमा बुद्ध रंगसाला नामक खेल मैदान समेत रहेको छ । साथै अन्य खेल मैदानहरुमा जनसेवा खेल मैदान, प्रतिभा खेल मैदान र यूनाईटेट खेल मैदान पनि रहेका छन् । यस वडाको संक्षिप्त परिचय बुदागत रुपमा तल प्रस्तुत गरिएको छ । 

यस वडाको भौगोलिक क्षेत्रको क्षेत्रफल : १९.१४ वर्ग कि.मि

जनसंख्या सम्बन्धी विवरण :

वडा नं

परिवार संख्या

जम्मा जनसंख्या

जनसंख्या प्रतिशत

औषत परिवार आकार

११८२

५३३५

१४.००

४.५१

शैक्षिक संस्था:

लेटाङ बहुमुखी क्याम्पस

शिक्षा विकास मा.वि.

सुर्य प्रा.वि.    टोला

करम्बोटे प्रा.वि

संघ–संस्थाहरु:

भाग्योदय गाउँले बचत तथा ऋण स.स.लि

समावेशी केषी सहकारी स्ंस्था

खेरुवा कृषी सहकारी

त्रिवेणी सामुदायीक वन
बसन्त सामुदायिक वन

धार्मिक स्थलहरु:

मन्दिर:

राधा कृष्ण मन्दिर
किरातेश्वर मन्दिर
सिद्धेश्वर मन्दिर
गणेश मन्दिर

चर्चहरु:

ग्लोरियर्स चर्च
पवित्र चर्च    
इम्मानुएल चर्च

यस वडामा हुने नगरका निकट भविस्यमा निर्माण हुने कार्यक्रमहरु:

अन्तर सांस्कृतिक संग्रहालय

पर्या पर्यटन सामुदायिक वन

यस वडाका खेल मैदानहरु:
 

बुद्ध रङ्गसाला
जनसेवा खेलमैदान

प्रतिभा खेल मैदान

यूनाईटेट खेल मैदान

धार्मिक तथा पर्यटकीय क्षेत्र:

जोरकुप ईनार
विमिरे ईनार
सुर्यटार 
अन्तर सांस्कृतिक संग्रहालय
पर्या पर्यटन सामुदायीक वन (टुक्रे वन

जनप्रतिनिधिहरुको विवरण

                                                                     

नाम: भूम सूर्य मगर

पद: वडाध्यक्ष

सम्पर्क न: ९८५२०७५३०५

कर्मचारीहरुको विवरण

                                                                                       

नाम :  माया राई                                          नाम: शोभा खड्का                                               नाम: उर्मिला राई सूर्य मगर

पद: सहायक कम्प्युटर अपरेटर                      पद: असिस्टेन्ट सब इन्जिनियर                                 पद: कार्यालय सहयोगी

सम्पर्क: ९८६२३६४३९६                                सम्पर्क: ९८४२२४८९७४                                          सम्पर्क: 

Undefined
Population: 
५३३५ (नगर पार्श्वचित्र २०८० अनुसार)
Ward Contact Number: 
९८५२०७५३०५
Weight: 
0