Flash News
लेटाङ नगरपालिकामा 34 औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ।
लेटाङ नगरपालिका, मंसिर १7
लेटाङ नगरपालिकामा 34 औ अन्तराष्ट्रिय अपाङ्गता दिवस ।
"अपांगता समावेशी समाजको प्रबर्धन, सामाजिक उन्नतीको सम्बर्धन"
आज नगरपालिकाको प्राङ्गणमा मिति 2०८२ मंसिर 17 गते "34 औ अन्तराष्ट्रिय अपाङ्गता दिवस" को अवसरमा लेटाङ नगरपालिकासँग अपाङ्गता भएका व्यत्तिहरुको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।
लेटाङ समावेसी संस्थाका अध्यक्ष श्री तेज बहादुर लिम्बुज्युको अध्यक्षतामा भएको सो कार्यक्रममा लेटाङ नगरपालिकाका नगर प्रमुख श्री भुपेन्द्र कुमार लावतीज्युको प्रमुख आतिथ्यता रहेको थियो साथै नगर उपप्रमुख श्री कृष्णकुमारी निरौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत श्री कृष्णराज राई लगायतको उपस्थिती रहेको थियो।