Flash News
Design and Construction of Rigid Pavement for Roads
Rigid Pavement सम्बन्धी प्राविधिक तालिम विराटनगरमा सम्पन्न
लेटाङ, मोरङ ।
नेपाल सिमेन्ट उत्पादक संघको आयोजनामा तथा नेपाल इन्जिनियर्स एशोसिएसन, कोशी प्रदेशको सह–आयोजनामा ‘Design and Construction of Rigid Pavement for Roads’ विषयक एकदिने प्राविधिक तालिम कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ।
IPTM Nepal को व्यवस्थापनमा पुस १८ गते (जनवरी २, २०२६) होटल ईस्टर्न स्टार, विराटनगरमा सम्पन्न तालिममा Rigid Pavement सडकको अवधारणा, डिजाइन, निर्माण प्रक्रिया तथा यसको दीर्घकालीन महत्वबारे विशेषज्ञ इन्जिनियरहरूद्वारा प्रस्तुतीकरण गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कि ज्यू,विशेष अतिथि लेटाङ नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यू, इन्जिनियर, सब–इन्जिनियर तथा प्राविधिक कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो। तालिमले स्थानीय सडक पूर्वाधारको गुणस्तर र दीगोपन अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ।
अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।