Flash News
लेटाङ नगरपालिकाद्वारा सामुदायिक विद्यालयहरूलाई स्मार्ट बोर्ड हस्तान्तरण।
लेटाङ। लेटाङ नगरपालिकाले नगरभित्र रहेका तिन वटा सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ।
प्रविधिमैत्री शिक्षण सिकाइलाई प्रवर्द्धन गर्ने लक्ष्यअनुसार नगरपालिकाले तिन वटा सामुदायिक विद्यालयहरूलाई स्मार्ट बोर्ड उपलब्ध गराएको छ। स्मार्ट बोर्डको प्रयोगबाट कक्षाकोठा थप प्रभावकारी, अन्तरक्रियात्मक र विद्यार्थीमैत्री बन्ने अपेक्षा गरिएको छ।