ताजा समाचार
लेटाङ बचत तथा ऋण सहकारीको ३३औँ स्थापना दिवस सम्पन्न
लेटाङ, मिति २०८२/०८/२९ ।
लेटाङ बचत तथा ऋण सहकारी संस्था लि. को ३३औँ स्थापना दिवसको अवसरमा विभिन्न सप्ताहव्यापी कार्यक्रमहरू सञ्चालन गरी औपचारिक रूपमा समापन गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यूले सहकारीले समुदायको आर्थिक सशक्तीकरण, बचत संस्कृतिको विकास तथा समावेशी विकासमा खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। उहाँले सहकारीलाई अझ पारदर्शी, उत्तरदायी र सदस्य–मैत्री बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।
स्थापना दिवसका अवसरमा सहकारीका सदस्य, पदाधिकारी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।