ताजा समाचार
लेटाङ, २०८२/०९/१२ “रूख रोपौँ, वन जोगाऔँ”
लेटाङ, २०८२/०९/१२
“रूख रोपौँ, वन जोगाऔँ” भन्ने मूल नाराका साथ श्री चिसाङ सामुदायिक वन उपभोक्ता समूह, लेटाङ–२ को २६औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।
साधारण सभामा लेटाङ नगरपालिकाका नगर प्रमुख भुपेन्द्र कुमार लावती ज्यू, वडा नं. २ का जनप्रतिनिधि ज्यूहरू तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वन संरक्षण र दिगो व्यवस्थापनमा सामुदायिक भूमिकालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित कार्यक्रम सफलतापूर्वक समापन गरिएको छ।