ताजा समाचार
महाभारत माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान, वडाको शैक्षिक सुधारमा जोड
महाभारत माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड जडान, वडाको शैक्षिक सुधारमा जोड
लेटाङ, ११ माघ । लेटाङ नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको महाभारत माध्यमिक विद्यालयमा आज स्मार्ट बोर्ड जडान गरी उद्घाटन गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ का लागि वडा नम्बर ६ को बजेट अन्तर्गत ‘शैक्षिक अभिवृद्धि’ शीर्षकमा छुट्याइएको एक लाख पचास हजार रुपैयाँबाट स्मार्ट बोर्ड खरिद गरी विद्यालयमा जडान गरिएको हो। स्मार्ट बोर्ड उद्घाटन कार्यक्रममा वडा अध्यक्ष जङ्गबिर तामाङले समयसापेक्ष शिक्षाका लागि आधुनिक प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउँदै वडाले शैक्षिक स्तर अभिवृद्धिका लागि निरन्तर लगानी गर्दै आएको र आगामी दिनमा पनि यस्तो लगानीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। स्मार्ट बोर्ड जडानसँगै महाभारत माध्यमिक विद्यालयमा पठन–पाठन प्रक्रिया थप प्रभावकारी, दृश्यात्मक तथा अन्तरक्रियात्मक हुने विश्वास गरिएको छ। स्थानीय सरोकारवालाहरूले यस पहलले विद्यार्थीको सिकाइ क्षमतामा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका छन्।