ताजा समाचार
जगतगुरु वालसन्त महाराजद्वारा वराहजीको दर्शन
जगतगुरु वालसन्त महाराजद्वारा वराहजीको दर्शन
लेटाङ–७ स्थित ऐतिहासिक तथा पौराणिक महत्व बोकेको वराहजी मन्दिरमा आज प्राचीन हरिद्वार चताराधामका पीठाधीश जगतगुरु श्री श्री श्री १००८ वालसन्त मोहनशरण देवाचार्य ज्यू महाराजले दर्शन गर्नुभएको छ। नगर प्रमुख भूपेन्द्रकुमार लावती ज्यूको निमन्त्रणामा महाराजज्यू लेटाङ–७ वाराङ्गी पुगेर वराहजी मन्दिरको दर्शन गर्दै आशीर्वाद प्रदान गर्नुभएको हो। यस अवसरले धार्मिक पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ।