ताजा समाचार
लेटाङमा १० दिने सडक सुरक्षा अभियान
लेटाङमा १० दिने सडक सुरक्षा अभियान औपचारिक रूपमा समापन, कार्यक्रम निरन्तर चल्ने।
लेटाङ, १० माघ । सडक दुर्घटना न्यूनीकरण र सडक अनुशासन कायम गर्ने उद्देश्यले सञ्चालन गरिएको १० दिने सडक सुरक्षा तथा जनचेतना अभियान आज औपचारिक रूपमा समापन गरिएको छ। इलाका प्रहरी कार्यालय, लेटाङको नेतृत्वमा सञ्चालन भएको उक्त अभियानको समापन कार्यक्रममा लेटाङ नगरप्रमुख भुपेन्द्र कुमार लावती, उपप्रमुख कृष्ण कुमारी निरौला, वडा अध्यक्ष राम कुमार श्रेष्ठ, स्थानीय युवाहरू, पत्रकार, समाजसेवी तथा सफारी व्यवसायीहरूको उपस्थिति रहेको थियो। समापन कार्यक्रममा नगरप्रमुख भुपेन्द्र कुमार लावती सहित वक्ताहरूले सडक सुरक्षामा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि प्रहरीसँग हातेमालो गर्दै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रहरी निरिक्षक सागर साहका अनुसार औपचारिक रूपमा अभियान सकिए पनि यस प्रकारका जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने छ ।